काठमाडौँ–नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समाजवादी मोर्चामा नरहनुको कारणबारे स्पष्ट पार्नुभएको छ । समाजवादी मोर्चाको काम कारबाहीअघि बढेलगत्तै भट्टराइले सो स्पष्ट पार्नुभएको हो ।
‘पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक र राजनीतिक विषयप्रतिको अरुचि, अनिच्छा, खालि तत्कालीन संसदीय अंक गणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,’ उहाँले भन्नुभएको छ ।
मोर्चासँग नयाँ युगको नयाँ ढंगको समाजवादबारे कुनै स्पष्ट सोच नभएको भट्टराईको भनाइ छ । ‘सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो,’ उहाँले भन्नुभयो ।




प्रतिक्रिया