काठमाडौं-प्रधानमन्त्रीको आग्रहमा आइतवार अपरान्ह ३ बजेसम्मका लागि सारिएको प्रतिनिधि सभाको बैठक प्रधानमत्रीकै आग्रहमा सोमवारसम्मका लागि स्थगित गरिएको छ।
विपक्षी दलका नेता केपी शर्मा ओलीसँग शीर्ष तीन नेताबीचको छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचित हुँदै प्रष्टीकरण दिने सहमतिमा सदन अवरोध खोल्न एमाले तयार भएको थियो ।
प्रधानमन्त्रीको वक्तव्यका लागि समय आवश्यक भएकाले सभामुखलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेर सूचना टाँस गरी बैठक स्थगित भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते बोलेको अभिव्यक्तिबारे प्रष्टीकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको मागका विषयमा छलफल गर्नुपर्ने भएपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको बताइएको छ।







प्रतिक्रिया