काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू अपराधी भएको तर प्रधानमन्त्रीले छुट पाएको टिप्पणी गर्नु भएको छ।
मेयर शाहले सर्वोच्च अदालतले आफूलाई दिएको तारिख पर्चा देखाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गर्नु भएको हो । उहाँले आफू तारिखमा जान थालेकाे बताउँदै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने भारतले प्रधानमन्त्री बनाउँछ भन्ने अभिव्यक्तिमा छुट पाएकाे बताउनु भयो ।
‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु,’ उहाँ लेख्नुहुन्छ, ‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी।’
यसअघि मेयर शाहविरुद्ध परेको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको थियो।
मेयर शाहविरुद्ध परेको रिटको गत मंगलबार सुनुवाइ गर्दै गत असार १२ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले लिखित जवाफ माग गरेको थियो।





प्रतिक्रिया