काठमाडौं-राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक अनिश्चितकानका लागि स्थगित गरेको हो ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले बताएका छन् ।
उहाँले भन्नुभएको छ, ‘राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’





प्रतिक्रिया