काठमाडौँ–नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेदेखि केन्द्रीय पार्टी कार्यालय सानेपामा सुरु हुनेछ । आजदेखि बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् ।
हिजो बसेको पहिलो दिनको बैठकमा नेताहरूले विभिन्न प्रतिवेदन पेस गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।
त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा विषय राखेका थिए ।




प्रतिक्रिया