काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल ‘इन्स्ट्राग्राम’मा फलो गर्न आग्रह गर्नु भएको छ।
शुक्रबार अध्यक्ष ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको बताउनु हुँदै उहाँले सो सञ्जालमा आफूलाई फलो गर्न आग्रह गर्नु भएको हो।
नेपालको राजनीतिमा समकालिन नेतामध्ये आफ्नो छुट्टै पहिचान बनाएका नेता हुन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली राजनीतिक र सामाजिक जीवनमा जति सक्रिय हुनुहुन्छ त्यति नै सामाजिक सञ्जालहरुमा पनि सक्रिय हुनुहुन्छ । अध्यक्ष ओली सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब हुँदै पछिल्लो समय इन्स्ट्राग्राममासमेत सक्रिय हुनुहुन्छ।
अध्यक्ष ओलीले भन्नुभएको छ– ‘तपाईंले जानेको ज्ञान अरूसम्म प्रसारित गर्नुहोस्। ज्ञान प्रसारण गरेर घट्दैन। यसलाई जति बाँड्यो त्यति बढ्छ। जति सञ्चित ग¥यो त्यति नोक्सान हुन्छ। म आफूले आर्जन गरेको ज्ञान घट्दै गएर समाप्त भएको हेर्न रुचाउँदिनँ । म आफ्नो ज्ञानलाई सकेसम्म धेरै ठाउँमा पुर्याउन चाहन्छु र यसमा प्रयासरत पनि छु । यसैकारण मैले मेरो इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको छु। मलाई इन्स्टाग्राममा फलो गर्नुहोस् ल ।’
यसअघि पनि ओलीले आफ्नो युट्युब च्यानल केपी बा मा सस्क्राइब गर्न आग्रह गर्नु भएको थियाे ।





प्रतिक्रिया