काठमाडौं-संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ।
प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्नको लागि बैठक बसेको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ। उहाँको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन । बैठकले वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस हुँदैछन्।
सूचीमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र मनोजकुमार शर्माको सूची पुगेको छ । हालसम्म सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परा छ ।
६५ वर्षे उमेरहदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी शुक्रबारदेखि अवकाश हुँदैछन्। उहाँपछि वरिष्ठतम न्यायाधीशका हैसियतले विश्वम्भर श्रेष्ठ नै कामु प्रधानन्यायाधीश हुनेछन् । कार्कीको अवकाशपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्नेछ ।






प्रतिक्रिया