अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी बैठक आज पनि, नेताहरुले धारणा राख्ने 

माओवादी बैठक आज पनि, नेताहरुले धारणा राख्ने 


काठमाडौँ–नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्ने छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १७ जनाले आ–आफ्नो धारणा राखिसकेका छन् । 

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा बैठकमा छलफल भइरहेको छ । 

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भएको माओवादी केन्द्रले जनाएको छ ।