अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी 

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी 


काठमाडौँ-संवैधानिक परिषद्को बैठक आजका लागि बोलाइएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । 

बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बताइएको छ । यसअघि मंगलबार बसेको बैठकमा कुनै सहमति नभएपछि फेरि आज बस्न लागेको हो । 

यही २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन लागेपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो । बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ ।