अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

आज यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम


काठमाडौँ-आज सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जसले गर्दा देशका केही भू–भागमा आज बाढीको जोखिम रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार संखुवासभा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा भएर बहने नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ । 

यस्तै लमजुङ, कास्की, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, रोल्पा, दार्चुला र आसपास भएर बहने केही स–साना नदी तथा खोलामा बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।

यस्तै आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहनेछ । तर, यी नदीमा जलस्तर बढ्दो क्रममा रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।