अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेसबुकमा स्टाटस लेख्दा स्पष्टीकरण लिएकोमा महासंघको आपत्ति

फेसबुकमा स्टाटस लेख्दा स्पष्टीकरण लिएकोमा महासंघको आपत्ति


काठमाडौं-नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारीले सामाजिक सञ्जालमा उठाएका गम्भीर विषयलाई लिएर प्रेस काउन्सिल नेपालले जवाफ माग गरी पत्र काटेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

‘आफूलाई चित्त नबुझेको विषयमा मर्यादा र कानुनी दायरामा बसेर आफ्नो विचार अभिव्यक्त गर्नु प्रत्येक व्यक्तिको स्वतन्त्रता हो’ महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई निर्धक्क उपभोग गर्न पाउनु पर्छ भन्ने विषयलाई महासंघले सधैँ उठान गरिरहेको छ।’

महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा ‘सञ्चारमाध्यमको विषयवस्तुको नियमन गर्ने दायित्व बाकेको प्रेस काउन्सिल नेपालले  सामाजिक सञ्जालमा अभिव्यक्त गरेको विषयलाई लिएर सञ्जाल प्रयोगकर्तालाई पत्र लेख्नु, सैद्धान्तिक र व्यवहारिक रूपमासमेत उचित होइन’ भनिएको छ।