अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेवार समुदायले विधिपूर्वक मनाए मौलिक पर्व म्हःपूजा

नेवार समुदायले विधिपूर्वक मनाए मौलिक पर्व म्हःपूजा


काठमाडौं-नेवार समुदायले आफ्नो मौलिक तथा परम्परागत पर्व म्हःपूजा आज विधिपूर्वक मनाएका छन् । नेपाल संवत्‌ (नयाँ वर्ष) काे अवसरमा नेवार समुदायले आफ्नो शरीर तथा अन्तरात्माको पूजा गरी म्हःपूजा मनाएका हुन् ।

नेपाल भाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ । त्यसैले म्हःपूजाको शाब्दिक अर्थ शरीरको पूजा भन्ने लाग्छ । यसलाई आत्मा वा अन्तरात्माको पूजा गर्ने संस्कृतिका रूपमा पनि लिइन्छ ।

म्हःपूजामार्फत आफूभित्रको नकारात्मक ऊर्जा हटाएर नयाँ ऊर्जा प्राप्त होस्, आगामी दिनमा शुद्ध मनले काम गर्न सकियोस् र कसैलाई हानि नपुगोस् भन्ने कामना गरिन्छ ।