काठमाडौँ-सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ।
आइतबार विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गर्नु भएको छ।
सभामुख घिमिरेले भन्नुभयो, ‘मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु।’




प्रतिक्रिया