अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरो पन्छाइए पनि नारायणगढ-मुग्लिङ सडकमा जाम कायमै, यात्रुहरू सास्तीमा

पहिरो पन्छाइए पनि नारायणगढ-मुग्लिङ सडकमा जाम कायमै, यात्रुहरू सास्तीमा


काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा खसेको सुख्खा पहिरो पन्छ्याएर सडक खुलाइए पनि नारायणगढ–मुग्लिङ सडकखण्डमा सवारी जाम हट्न सकेको छैन।

मंगलबार दिउँसो पहिरो खसेपछि अवरुद्ध भएको सडक खुलाइए पनि साँघुरो सडक, पुल र सवारीसाधनको अत्यधिक चापका कारण घोप्टेभीरको दुवैतर्फ लामो जाम लागेको छ।

तिहार मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुहरू जाममा फसेका छन् । पहिरो पन्छ्याएर आवागमन खुलाइए पनि सवारीसाधनको चापका कारण यात्रुहरूले लामो समय राजमार्गमै बिताउनुपरेको छ ।