अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी नदीमा बाढीको उच्च जोखिम

आज यी नदीमा बाढीको उच्च जोखिम


काठमाडौँ–केही प्रदेशमा आज भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । जसले गर्दा बाढीको पनि उच्च जोखिम रहेको छ । 

आज बागमती, पूर्वी राप्ती, कमलाका केही ससाना सहायक नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्नसक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

मधेस प्रदेशका स–साना नदीमा पनि जलसतह उल्लेख्य बढ्नेछ । महाकाली नदीमा जलसतह सामान्य घटबढ भए पनि सतर्कता तह आसपास हुने महाशाखाले जनाएको छ । 

यस्तै, आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।