काठमाडौँ– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । पहिरोका कारण सडक अवरुद्ध आज बिहानैदेखि भएको हो ।
इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको बताइएको छ ।




प्रतिक्रिया