काठमाडौं-जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताउनु भएको छ।
मंगलवार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले यस्तो बताउनु भएको हो। उहाँले विद्युत् उत्पादक व्यवसायीहरूसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरू बनाउन दिन नहुने बताउनु भयो । उहाँले सरकारले जनतालाई पेलेर जलविद्युत परियोजनाहरू निजी क्षेत्रलाई दिए सांसदहरूले नै अवरोध गर्ने बताउनु भयो। उहाँले कुनै पनि विकास जनताको लागि गर्ने भएकाले जनताको पक्षमा हुनु पर्ने उल्लेख गर्नु भयो।
उहाँले विकास जनता र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरू आउनु नहुने बताउनु भयो। उहाँले परियोजनाहरूको वातावरण परीक्षण मूल्यांकन गर्दा इमानदारिता पूर्वक गराउन आवश्यक रहेको बताउनु भयो। उहाँले कुनै मन्त्रिले वा अन्य कसैलाई लाभ दिएर परियोजना पास भए देशको लागि चुनौती हुने बताउनु भयो। उहाँले कुनै पनि परियोजना बनाएर ३० वर्ष पूरा भएर सरकारलाई बुझाएको अनुभव नभएको बताउनु भयो। सांसद राउतले निजी क्षेत्रले लाभको लागि लगानी गर्ने भएकाले विद्युत् उत्पादनको लागि सङ्कटकाल लगाउन आवश्यक नभएको बताउनु भयो। उहाँले निजी क्षेत्रको लाभको लागि मन्त्रालयहरूले सबै ऐन कानुनहरू खारेज गरेर सङ्कटकाल लगाउन तत्काल कुनै जरुरी नभएको बताउनु भयो। उहाँले अनावश्यक रूपमा सङ्कटकाल लगाएरै ऐन कानुनहरू उलङ्घन गरेर जनता माथि डोजर चलाएर परियोजना पास गर्ने रणनीतिमा निजी क्षेत्र नलाग्न आग्रह गर्नु भयो।
उहाँले भन्नुभयो,‘ व्यवसायीहरूसँग पैसा छ भन्दैमा जनतालाई हेला गर्ने गरी परियोजनाहरू आउनु हुँदैन । त्यसरी आयो भने हामी सांसदहरू नै अवरोध गछौं । यो विषयमा म स्पष्ट छु । विकास भन्ने वितिकै जनताको लागि हो । विकास जनतालाई मास्ने र देशै र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरू आउनु हुँदैन । परियोजनाहरूको वातावरण परीक्षण मूल्याङ्कन गर्दा इमान्दारी पूवक गराउनु पर्छ । कुनै मन्त्रीलाई वा कसैलाई लाभ लिएर परियोजना पास गर्ने हो भने देशको लागि चुनौती हो । कुनै पनि परियोजना बनाएर ३० वर्ष पूरा भएर सरकारलाई बुझाएको अनुभव नै छैन । त्यसमा जनताले प्रयोग गर्ने गरी परियोजना रहन्छ वा रहँदैन भन्ने टुङ्गो छैन । त्यो गुड मोडल हो जस्तो लाग्दैन । निजी क्षेत्रले पनि सरकारी जस्तै सोचेर जाने होइन निजी क्षेत्र भनेको लाभको लागि लगानी गर्ने हो । विद्युत् उत्पादनको लागि सङ्कटकाल लगाउनु पर्छ भन्ने कुरा हुँदैन । मन्त्रालयहरूले ल्याउने ऐन असावधानी किसिमले ल्याउँछन र ? निजी क्षेत्रको लाभको लागि मन्त्रालयहरूले सबै ऐन कानुनहरू खारेज गरेर संकट काल लगाउनु पर्ने ? सङ्कटकाल लगाउने भनेको देशलाई नै खतरा भएको अवस्थामा मात्रै हो । अनावश्यक रूपमा सङ्कटकाल लगाएरै ऐन कानुनहरू उलङघन गरेर जनता माथि गुल डोजर चलाएर परियोजना पास गर्ने तिर नलाग्न आग्रह छ ।’
उहाँले व्यावसायीले चाहँदैमा सबै कुरा राज्यले दिन नहुने बताउनु भयो । उहाँले जनता केही पनि हैन भन्ने भावनाले व्यवसायी लाग्नु नहुने बताउनु भयो ।






प्रतिक्रिया