अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालतले अनुसन्धान गर्नु भनेको भोलिपल्ट माधव नेपाललाई किन विदेश जान दिइयो: रवि लामिछाने

अदालतले अनुसन्धान गर्नु भनेको भोलिपल्ट माधव नेपाललाई किन विदेश जान दिइयो: रवि लामिछाने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा अनुसन्धान गर्न अदालतले आदेश दिएको भोलिपल्टै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई विदेश जान किन दिएको भनेर प्रश्न गर्नु भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले ललिता निवास प्रकरणमा अदालतले छानबिन गर्न आदेश दिएको भोलिपल्ट नेपालललाई विदेश जान दिइएकामा आपत्ति जनाउनु भएको हो।

उहाँले भन्नुभयो, ‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणकाे अनुसन्धान केही नाम आउने बित्तिकै अड्किएको थियो। अदालतको आदेश नै चाहिँदैन थियो तर, अदालतले आदेश गरिसक्यो। बहालवाला सचिव हवाई जहाजको सिटबाट कठालोमा समातेर ल्याइन्छन्। देशका पूर्व प्रधानमन्त्रीलाई अदालतले छानबिन गरेको भोलिपल्ट नै जान दिइन्छ। यो विभेद एउटै केशमा कसरी भयो? यसले आशंकाहरू उब्जिने भएका छन्।’

सभापति लामिछानेले एक क्विन्टल सुन पक्राउ प्रकरणमा गृहमन्त्रीलाई प्रश्न तेर्सा‍उनु भएको छ । 

Skip This