अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र युरोपेली सङ्घबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली सङ्घले नेपालको विकास साझेदारका रूपमा पु¥याएको सहयोगका लागि धन्यवाद दिनुभएको सो विज्ञप्तिमा जनाइएको छ।

Skip This