अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चतरा-सुनकोशी कोरिडोरको काम अघि बढाउन माग गर्दै उदयपुरका नेताहरूद्वारा मन्त्रीलाई ध्यानाकर्षण

चतरा-सुनकोशी कोरिडोरको काम अघि बढाउन माग गर्दै उदयपुरका नेताहरूद्वारा मन्त्रीलाई ध्यानाकर्षण


काठमाडौं-उदयपुरको घुर्मी-चतरा सुनकोशी सडक कोरिडोर २०६८ सालमा नै बोलपत्र आह्वान गरी काम सुरू गरिएको भए पनि १२ वर्षदेखि सो सडक अलपत्र अवस्थामा रहेकोले तत्काल समस्या समाधानको निम्ति उदयपुरका प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी नेतृत्वको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षण गराएको छ।

मंगलबार प्रतिनिधि सभा सदस्य रायमाझीको नेतृत्वमा गएको टोलीले भौतिक मन्त्री प्रकाश ज्वाला, मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभाका निर्देशकलाई भेटी सडकको अवस्थाको र समस्याको बारेमा जानकारी गराएको थियो।

उदयपुरको मेरुदण्ड सडकको रूपमा रहेको घुर्मी-चतरा सुनकोशी सडक कोरिडोर, मिर्चैया-कटारी-घुर्मी सडक, गाईघाट-रौता-हलेसी सडक र बेतेनी-माझखर्क सडकको विषयमा मन्त्री मन्त्रालयका सचिव र निर्देशकसँग छलफल भएको सांसद रायमाझीले बताउनुभयो।

सुनसरीको चतरादेखि सुनकोशी किनार हुँदै उदयपुरको पहाडी क्षेत्रलगायत सातवटा स्थानीय तह हुँदै कटारीको घुर्मी जोड्ने सुनकोशी करिडोर सडक झण्डै दश वर्षअघि काम सुरू गरेर अलपत्र अवस्थामा रहेकोले तत्काल समस्याको समाधानको निम्ति भौतिक पूर्वाधार मन्त्री ज्वाला, मन्त्रालयका सचिव शर्मा र सडक विभाका निर्देशकलाई सबै कुरा जानकारी गराएको सांसद रायमाझीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘साना ठूला योजनका सडकको निर्माण र समस्या समाधान गरी कार्य सञ्चालन गर्ने विषयमा ध्यान दिन प्रतिनिधि मण्डलले अनुरोध गरेको थियो।’

घुर्मी-चतरा सुनकोशी कोरिडोर साथै ती सडकका समस्याको समाधान चाँडो भन्दा चाँडो निकास निकालिने उहाँहरूले प्रतिबद्धता जनाउनुभएको सांसद रायमाझीले जानकारी दिनुभयो । उहाँहरूले गर्नुभएको प्रतिबद्धता कार्यान्वयनमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

जिल्लाका राजनीतिक दल, पूर्व जनप्रतिनिधि तथा जनप्रतिनिधि समेतको टोलीले मन्त्री लगायतका अधिकारीलाई भेटेको रायमाझीले जानकारी दिनुभयो।

२०६८ सालमा नै बोलपत्र आह्वान गरी घुर्मी–चतरा सुनकोशी सडक कोरिडोरको निर्माण सुरु गरिएको भए पनि १२ वर्षदेखि सो सडक अलपत्र रहेको उहाँले बताउनुभयो । राज्यको अरबौँ लगानी भइसकेको सो सडक विभिन्न मुद्दा मामिलाका कारण रोकिँदा उदयपुर र समग्र कोशी प्रदेश समृद्धिमा नै धक्का लागेकोले समस्या समाधान गरी काम अघि बढाउन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो। त्यस विषमा मन्त्री, सचिव तथा सडक विभागका निर्देशक समेत सकारात्मक भएको उहाँले बताउनुभयो। ‘आशा छ उहाँहरूले प्रतिबद्धता पूरा गर्नुहुने छ’, उहाँले भन्नुभयो।

भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले सुनकोसी कोरिडोर सडकको कामलाई नयाँ ढंगबाट अगाडी बढाउनका निम्ति सम्बन्धित निकायसँग छलफल भइरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘उदयपुरका नागरिकको समस्या बुझेको छु।सुनकोसी कोरिडोरलाई नयाँ ढंगबाट अगाडी बढाउन प्रथमिक्तामा राखेको छु। सुनकोसी कोरिडोर समृद्धिको मूल आधार हुने भएकाले यसलाई अगाडी बढाउन सम्बन्धित निकायसँग समन्वय चाडै गर्ने छु ।’

प्रतिनिधि सभा सदस्य रायमाझी नेतृत्वको टोलीमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व शहरी राज्यमन्त्री मन्जु चौधरी, पूर्व जनप्रतिनिधिहरु विष्णु राउत, सुरेश कार्की, नेकपा एमालेका नेता वेदप्रसाद पोखरेल, एमाले उदयपुर जिल्ला सदस्य नोख श्रेष्ठ, पूर्व अध्यक्ष ताप्ली गाउँपालिकाका उद्धव थापा, नेकपा एमाले कटारी नगरपालिका अध्यक्ष सन्जीव कार्की, नेकपा माओवादी केन्द्र उदयपुर-काठमाडौं सम्पर्क समन्वय समितिका इन्चार्ज कृष्ण सुनार, नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरी, उपाध्यक्ष खड्ग मगर, सदस्यहरु गोपाल निरौला प्रदिसा घिमिरे, पत्रकार नाराद बास्तोला, युवा नेता हरि आले मगर, पत्रकारहरु मुकुन्द कालिकोटे र विनोद कटुवाल सहभागी हुनुहुन्थ्यो।

सुनकोशी करिडोर सडकबाट कोशी प्रदेशका धनकुटा, भोजपुर, सुनसरीसहित विराटनगरसम्म आवतजावत गर्ने र व्यापारिक प्रयोजनाका लागि उपयोगी छ।

Skip This