अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन पुरस्कार: उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कार: उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक


काठमाडौं-मदन पुरस्कार २०७९ का लागि छनोट भएका पुस्तकको सूची सार्वजनिक गरेको छ।

 मदन पुरस्कार गुठीले बुधबार विज्ञप्ति निकालेर पाँच  पुस्तकको सूची सार्वजनिक गरेको हो।

अध्यक्ष कुन्द दीक्षितले जम्मा ३१३ कृतिमध्ये पाँच उत्कृष्ट कृति अन्तिम सूचीमा छानिएको बताउनु भयो। यी पाँच उत्कृष्ट कृतिमध्ये एकलाई वि.सं. २०७९ सालको मदन पुरस्कार दिइनेछ।

उत्कृष्ट पाँचमा परेका कृतिमा सुबिन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐठन’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’ रहेका छन्। 

इजोरिया उपन्यास हो। फाइनप्रिन्ट बुक्स प्रकाशक रहेको यस पुस्तकले तराईको सामान्य परिवारको कथा बोलेको छ। 

साङ्ग्रिला बुक्सले निकालेको ऐठन उपन्यासमा माओवादी विद्रोहको समयका घटनाक्रम छ। जसमा द्वन्द्वकालका हिंसात्मक घटनाका कथा छन्। 

सिमल बुक्सले निकालेको पूर्वमुख्यसचि ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोतबार बर्णन गरिएको छ। यो पुस्तकमा महाकाली सन्धिबारे पनि वर्णन गरिएको छ।

फिनिक्स बुक्सले प्रकाशन गरेको थाङ्ग्रा उपन्यास उत्पीडित वर्ग, वंश, अधिकार र अन्तरजातीय बिहेको कथा छ। यसले महिलामाथिको विभेद पनि बाहिर ल्याएको छ।

साङ्ग्रिला बुक्सले निकालेको माटाको घर उपन्यासमा भारतको गोर्खाल्यान्ड आन्दोलनको कथा छ। यसमा गोर्खाल्यान्डका विभिन्न कोण र त्यसको प्रभावबारे चर्चा गरिएको छ।

Skip This