अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन प्रशासनले भन्यो: नारायणगढ-मुग्लिनको जाम खुलाउन रविको कार्यकर्ता चाहिँदैन

चितवन प्रशासनले भन्यो: नारायणगढ-मुग्लिनको जाम खुलाउन रविको कार्यकर्ता चाहिँदैन


निरन्तर पानी परेका कारण दैनिकजसो अवरुद्ध भइरहने नारायणगढ–मुग्लिन सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले र्‍यापिड एक्सन टिम (आरएटी) खटाएपछि स्थानीय प्रशासनले आपत्ति जनाएको छ।

मुङलिङ नारायणगढ क्षेत्र अन्तरगतको कालिखोलालगायतमा मंगलबारको अबिरल वर्षाका कारण अवरुद्ध सडक खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले वाकीटकी सञ्चारसहित सुन्तला रंङको ज्याकेट लगाई प्रशासनलाई नै चुनौति दिंदै उद्दार कार्यमा खटेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले विज्ञप्ति नै निकालेर ध्यानाकर्षण भएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेश पौडेलले जारी गरेको विज्ञप्तिमा अवरुद्ध सडक खुलाउन प्रशासनले कसैसँग सहयोग नमागेको र कसैलाई सहयोगका लागि अनुमति समेत नदिएको भन्दै यस्ता विपद्का घटनामा राहत, उद्दार र व्यवस्थापन गर्न राज्यका अंगहरु सक्षम रहेको उल्लेख छ।

ठूला विपद्का घटनाहरुमा समेत कुनै दलको परिचय विना विशुद्ध स्वयंसेवीका रुपमा राहत तथा उद्दारमा खट्न सकिने र त्यसका लागि जिल्ला, स्थानीय तह, विपद्व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्दारमा खटिनसक्ने व्यवस्था रहे पनि प्रचारवाजीका लागि वाकीटकीसहित रास्वपाका कार्यकर्ता परिचयसहित खटिएका थिए। उनीहरुले प्रयोग गरेका वाकीटकी समेत दर्तावाल हो वा होइन छानविनका लागि प्रशासनले प्रहरीलाई जानकारी गराएको छ।

Skip This