काठमाडौं-नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गल्फुटारबाट पक्राउ गरेको हो।
नेपाल प्रहरीको उच्च स्रोतले पनि शर्मालाई पक्राउ गरिएको जानकारी दिएको छ।
सांसद शर्मा पक्राउ परेकोबारेमा सीआईबीले भने औपचारिक पुष्टि गरेको छैन। उहाँलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाइसकेको छैन।
सांसद शर्माले गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको १०० केजी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै आउनु भएकाे थियो।
सभामुखलाई छैन जानकारी
प्रहरीले सांसद शर्मालाई पक्राउ गर्नुअघि सभामुख देवराज घिमिरेबाट अनुमति नलिएको पाइएको छ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले सांसद शर्मा पक्राउबारे सभामुखलाई जानकारी नभएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘माननीय सुनिल शर्मा पक्राउ परेकोबारे सम्माननीय सभामुखज्यूलाई अहिलेसम्म जानकारी छैन।’




प्रतिक्रिया