नेपालमा क्रिकेटप्रतिको बढ्दो उत्साहसँगै घरमै बसेर ठूलो स्क्रिनमा खेलको रोमाञ्च लिने चाहना पनि बढिरहेको छ। यही अवसरलाई लक्षित गर्दै सीजी (CG) ब्रान्डले अत्याधुनिक प्रविधियुक्त CG Meridia AI TV सहित विभिन्न घरेलु उपकरणमा आकर्षक अफर उपलब्ध गराइरहेको छ।
सीजी (CG) ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायसँग क्रिकेटको बढ्दो लोकप्रियता, CG Meridia AI TV का विशेषता, ग्राहकका लागि उपलब्ध अफर, घरेलु उपकरण र बिक्रीपछिको सेवाबारे गरिएको विशेष कुराकानी:
अहिले देशभर क्रिकेटको निकै उत्साह छ। यसलाई CG ब्रान्डले कसरी हेरिरहेको छ ?
धन्यवाद। अहिले नेपालमा क्रिकेट केवल एउटा खेल मात्र नभएर नेपालीहरूको भावना र उत्सवको रूपमा विकास भइरहेको छ। विशेषगरी नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षणले हरेक घरमा क्रिकेट हेर्ने उत्साह थपिएको छ। पहिले क्रिकेट हेर्न मानिसहरू विभिन्न ठाउँमा जम्मा हुन्थे भने अहिले परिवार र साथीभाइसँग घरमै ठूलो स्क्रिनमा क्रिकेट हेर्ने चलन बढिरहेको छ। यही उत्साहलाई ध्यानमा राख्दै CG ब्रान्डले ग्राहकहरूलाई उत्कृष्ट प्रविधि, ठूलो स्क्रिन र आकर्षक मूल्यमा टेलिभिजन उपलब्ध गराइरहेको छ। हाम्रो उद्देश्य भनेको दर्शकले घरमै बसेर पनि स्टेडियममा क्रिकेट हेरिरहेको जस्तै अनुभव गर्न सकुन् भन्ने हो। यसैलाई हामीले हाम्रो अभियान “Experience Life with CG” सँग जोडेर अगाडि बढाइरहेका छौँ।
क्रिकेटको यो माहोलमा CG ले विशेषगरी टेलिभिजनलाई कसरी प्राथमिकता दिएको छ ?
क्रिकेट हेर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उत्कृष्ट पिक्चर क्वालिटी, ठूलो स्क्रिन र सहज भिजुअल अनुभव हो। यसैलाई मध्यनजर गर्दै हामीले हाम्रो प्रिमियम सिरिज CG Meridia अन्तर्गतका विशेष AI टेलिभिजनहरूलाई उच्च प्राथमिकतामा राखेका छौँ। CG सँग ग्राहकहरूको आवश्यकताअनुसार Smart TV र Google TV त छन् नै, तर विशेषगरी CG Meridia AI TV ले क्रिकेट हेर्ने अनुभवलाई अर्कै स्तरमा पुर्याउँछ। यसमा प्रयोग भएको अत्याधुनिक AI प्रविधिले पिक्चर क्वालिटी र दृश्यहरूको स्पष्टतालाई आफैँ अप्टिमाइज गर्छ। हाम्रा यी मोडलहरूमा AI Motion Clarity, AI Dialogue Quality Enhancer र SAI Processor जस्ता विशेषताहरू छन्, जसले क्रिकेटमा बलको गति, खेलाडीको एक्सनदेखि स्टेडियमको हुटिङसम्म स्पष्ट रूपमा महसुस गराउँछ। अहिले ग्राहकहरूले ४३, ५५ र ६५ इन्चका ठूला स्क्रिन भएका CG Meridia टेलिभिजनहरूमा विशेष रुचि देखाइरहनुभएको छ। हामी भन्न चाहन्छौँ- क्रिकेटको हरेक चौका, छक्का र रोमाञ्चक क्षण, अब CG Meridia को ठूलो स्क्रिनमा अझ विशेष बन्नेछ।
अहिले CG TV खरिद गर्ने ग्राहकहरूका लागि कस्ता अफरहरू उपलब्ध छन् ?
हामीले ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर टेलिभिजनमा निकै आकर्षक मूल्य र बचतको अवसर उपलब्ध गराएका छौँ। हाम्रो विशेष TV अफरअन्तर्गत छनोट गरिएका मोडलहरूमा रु. ३६,२०० सम्मको बचत गर्ने अवसर रहेको छ। यसका साथै ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा EMI सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ। विशेष कुरा के छ भने हामीले “नागरिकता भए पुग्छ” भन्ने अवधारणासहित सहज EMI सुविधालाई प्राथमिकता दिएका छौँ। त्यसैगरी, पुरानो टेलिभिजन साटेर नयाँ CG वा CG Meridia TV खरिद गर्न चाहने ग्राहकहरूका लागि CG Elex मार्फत Exchange सुविधा पनि उपलब्ध छ। छनोट गरिएका LED TV मा ३ वर्षको वारेन्टी तथा सर्तअनुसार निःशुल्क डेलिभरीको सुविधा पनि छ। हाम्रो लक्ष्य भनेको ग्राहकले उत्कृष्ट प्रविधिको टेलिभिजन किन्दा मूल्य र सुविधाका कारण कुनै सम्झौता गर्न नपरोस् भन्ने हो।
क्रिकेटको अवसरमा CG ले ‘Predict and Win’ कार्यक्रम पनि सञ्चालन गरिरहेको छ भन्ने सुनिएको छ। यसबारे बताइदिनुहोस् न।
अवश्य। अहिले क्रिकेटको उत्साहलाई अझ रमाइलो र अन्तरक्रियात्मक बनाउन हामीले क्रिकेटप्रेमी दर्शकहरूका लागि विशेष ‘Predict and Win’ कार्यक्रम अगाडि बढाइरहेका छौँ। हाम्रो उद्देश्य भनेको क्रिकेटको यो उत्सवमा सबैजना थप उत्साहका साथ जोडिन सकून् र खेलको माहोल अझै रोमाञ्चक बनोस् भन्ने हो। यस कार्यक्रममार्फत खेलको सही नतिजा अनुमान गर्नेहरूले आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ। हामी चाहन्छौँ कि CG सँगको अनुभव केवल उत्पादनमा मात्र सीमित नरही खुसी र उत्साहको अवसर पनि बनोस्। ‘Predict and Win’ मा सहभागी हुने प्रक्रिया र पुरस्कारसम्बन्धी विस्तृत जानकारी सबैले CG को आधिकारिक फेसबुक पेजलगायतका सामाजिक सञ्जालबाट प्राप्त गर्न सक्नुहुनेछ।
सीजी (CG) ले TV सँगै Washing Machine, Refrigerator र अन्य घरेलु उपकरणहरूलाई पनि प्राथमिकता दिइरहेको छ। यसबारे बताइदिनुहोस् न।
CG भनेको टेलिभिजनमा मात्र सीमित ब्रान्ड होइन। हामी नेपाली परिवारको दैनिक जीवनलाई सहज, सुविधाजनक र आधुनिक बनाउने उद्देश्यले विभिन्न घरेलु उपकरणहरू उपलब्ध गराउँदै आएका छौँ। हामीसँग Washing Machine, Refrigerator, Vacuum Cleaner, Microwave Oven, Air Conditioner लगायतका धेरै उत्पादनहरू उपलब्ध छन्। विशेषगरी Washing Machine को कुरा गर्दा हामीसँग Front Load, Top Load र Semi-Automatic विभिन्न विकल्पहरू छन्, जसमा हामीले आकर्षक उपहारको व्यवस्था पनि गरेका छौँ:
- Front Load Washing Machine खरिदमा ६ केजी Surf Excel
- Top Load Washing Machine खरिदमा ४ केजी Surf Excel
- Semi-Automatic Washing Machine खरिदमा २ केजी Surf Excel
त्यसैगरी Refrigerator मा पनि ग्राहकहरूको आवश्यकता, परिवारको आकार र बजेटअनुसार विभिन्न विकल्प उपलब्ध छन्। हामी ग्राहकलाई उत्पादन मात्र बेच्नेभन्दा पनि उहाँहरूको जीवनलाई सहज बनाउने समाधान दिन चाहन्छौँ।

अहिले घरको सरसफाइका लागि Vacuum Cleaner को प्रयोग पनि बढ्दै गएको छ। CG को Vacuum Cleaner बारे के भन्न चाहनुहुन्छ ?
पछिल्लो समय नेपाली उपभोक्ताहरूमा घरको सरसफाइ, स्वच्छता र समय व्यवस्थापनप्रति सचेतना बढ्दै गएको छ। विशेषगरी व्यस्त जीवनशैलीमा कम समयमा घर सफा गर्न सकिने उपकरणको आवश्यकता बढिरहेको छ। यही आवश्यकतालाई ध्यानमा राखेर CG ले Vacuum Cleaner पनि उपलब्ध गराउँदै आएको छ। घरका कार्पेट, सोफा, भुइँ तथा धुलो जम्मा हुने विभिन्न स्थानहरूको सफाइलाई सहज बनाउन यो अत्यन्तै उपयोगी हुन्छ। पहिले घर सफा गर्न धेरै समय र मेहनत लाग्थ्यो भने अहिले यस्ता आधुनिक उपकरणहरूले दैनिक कामलाई सहज बनाएका छन्। CG को सोच नै यही हो—घरको काम सजिलो बनाउने, जीवनको हरेक पललाई अझ राम्रो बनाउने।
अघि तपाईंले CG Meridia को कुरा गर्नुभयो, सामान्य CG उत्पादनभन्दा यसको विशेषता के हो?
CG Meridia हाम्रो Premium Signature Series हो। आजका उपभोक्ताहरूले घरेलु उपकरण खरिद गर्दा केवल त्यसको उपयोगितालाई मात्र हेर्नुहुन्न, डिजाइन, प्रविधि र घरको इन्टेरियरसँगको मेललाई पनि उत्तिकै महत्त्व दिनुहुन्छ। टेलिभिजनको सन्दर्भमा भन्नुपर्दा, CG Meridia AI TV नेपाली बजारकै सबैभन्दा उत्कृष्ट र स्मार्ट प्रविधिमध्ये पर्छ। यसको आर्टिफिसियल इन्टेलिजेन्स (AI) ले तपाईँले हेरिरहेको कन्टेन्ट (जस्तै: खेलकुद, चलचित्र वा समाचार) विश्लेषण गरेर आफैँ त्यही अनुसारको भिजुअल र अडियो आउटपुट दिन्छ। यसका साथै, यसको स्लिम र बेजेल-लेस (Bezeless) डिजाइनले घरको बैठक कोठालाई निकै प्रिमियम लुक दिन्छ। CG Meridia मार्फत हामी ग्राहकहरूलाई घरको सौन्दर्यसँगै उच्चस्तरीय प्रविधिको अनुभव दिन चाहन्छौँ।
दशैं-तिहारको अवसरमा सञ्चालन गरिएको विशेष योजनाका सुविधाहरू अहिलेका ग्राहकहरूका लागि पनि कत्तिको आकर्षक छन् ?
CG ले यस वर्षको चाडपर्वलाई लक्षित गर्दै “भरोसा नेपालीको, उत्सव दशैँ-तिहारको” भन्ने नारासहित विशेष योजना ल्याएको थियो जसमा रु. १,०२,००० सम्मको क्यासब्याकको व्यवस्था थियो। अहिले पनि क्रिकेटको उत्साहलाई ध्यानमा राखेर हामीले विशेषगरी TV खरिद गर्ने ग्राहकहरूका लागि आकर्षक मूल्य र सुविधामा जोड दिएका छौँ। निश्चित उपहार, सहज EMI, Exchange सुविधाहरू अहिले पनि सञ्चालनमै छन्। ग्राहकहरूलाई उपलब्ध पछिल्ला अफर र योजनाहरू बुझेर आफ्नो आवश्यकता तथा बजेटअनुसार उपयुक्त उत्पादन छनोट गर्न म आग्रह गर्दछु।
CG ले विगत ४० वर्षभन्दा लामो समयदेखि नेपाली उपभोक्ताहरूको विश्वास जित्दै आएको छ। हाम्रो लागि उत्पादन बिक्री गर्नु जति महत्त्वपूर्ण छ, बिक्रीपछिको सेवा पनि त्यत्तिकै महत्त्वपूर्ण छ। यसैलाई ध्यानमा राखेर हामीले देशभर ४० वटा सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा उपलब्ध गराउँदै आएका छौँ। त्यसैगरी ग्राहकहरूको सुविधाका लागि CG Care App पनि सञ्चालनमा छ, जहाँबाट Warranty Registration र Service Request सहज रूपमा गर्न सकिन्छ। हामी CG लाई केवल इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा होइन, हरेक नेपाली घरको विश्वासिलो साथीका रूपमा स्थापित गर्न चाहन्छौँ।
अन्त्यमा, क्रिकेटप्रेमी तथा CG का ग्राहकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
सबैभन्दा पहिले सम्पूर्ण नेपाली क्रिकेटप्रेमीहरूलाई क्रिकेटको यो उत्सवको शुभकामना दिन चाहन्छु। नेपालमा क्रिकेटप्रतिको माया र उत्साह देख्दा हामी सबैलाई गर्व लाग्छ। म सम्पूर्ण ग्राहकहरूलाई यही भन्न चाहन्छु कि क्रिकेटको यो रमाइलो समयमा आफ्नो परिवार र साथीभाइसँग हरेक खेलको आनन्द लिनुहोस्। यदि तपाईं नयाँ टेलिभिजन खरिद गर्ने सोचमा हुनुहुन्छ भने, एउटा उत्कृष्ट अनुभवको लागि CG Meridia AI TV अवश्य हेर्नुहोस्। यसका साथै अन्य Smart TV, Washing Machine, Refrigerator लगायतका घरेलु उपकरणहरूमा पनि अफरको फाइदा लिन सक्नुहुन्छ। थप जानकारीको लागि नजिकैको CG Digital शोरुम, आधिकारिक डिलर वा www.cginspiringlife.com, www.cgdigital.com.np मा भिजिट गर्नुहोला। अन्त्यमा म यत्ति भन्न चाहन्छु- “क्रिकेटको उत्साह होस् वा परिवारसँग बिताउने खुसीका पल, हरेक अनुभवलाई विशेष बनाऔँ, CG सँग।” धन्यवाद। Experience Life with CG.



प्रतिक्रिया