अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट, संसद्को जारी अवरोधबारे छलफल

राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट, संसद्को जारी अवरोधबारे छलफल


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गर्नुभएको छ । शीतल निवासमा बिहान १० बजे उहाँहरूले राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो । 

भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन   भएका छलफल प्रयासबारे समेत जानकारी लिनुभएको थियो । 

भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राख्नुभएको थियो ।