अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन प्रकरण छानबिन गर्न उच्च स्तरीय समिति गठन नगरिएसम्म एमालेले संसद् चल्न दिँदैन: भगवती न्यौपाने  

सुन प्रकरण छानबिन गर्न उच्च स्तरीय समिति गठन नगरिएसम्म एमालेले संसद् चल्न दिँदैन: भगवती न्यौपाने  


काठमाडौं-राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले नेकपा एमालेले सदनमा शालीनतापूर्वक विरोध प्रदर्शन गरेको बताउनुभएको छ। 

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै न्यौपानेले विगतमा जस्तो एमालेले सदनमा ब्रिफकेस खोस्ने र कुर्सी हान्ने काम नगरेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘हामीले उठाएका मुद्दाहरू जेन्युन छन्, हामीले उठाएका विषयहरू जेन्युन छन्।’

सत्ता पक्षले देशका विरुद्ध धावा बोल्दा, संविधानलाई बचाउँछौँ भन्दै संविधानलाई च्यात्दा र कानुन माथि धावा बोल्दा संसद्मा एमालेले विरोध जनाएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीलाई बाध्य बनाइएको छ, हाम्रा आवाजलाई जब बेवास्ता गरिन्छ, अनि हामीलाई बाध्य गराइन्छ सदन अवरुद्ध गर्न ।’

देशलाई तस्करीको अखडा बनाउनबाट मुक्त गर्नुपर्छ भनेर एमालेले भनेको कुरा सुनुवाइ नभएपछि अहिले संसद् अवरुद्ध गर्नु परेको उहाँले बताउनुभयो । सुन तस्करी काण्डमा सरकारका मन्त्री संलग्न भएको कुरा तथ्यले पुष्टि गरिसकेको उहाँको भनाइ छ। त्यसैले उच्च स्तरीय छानबिन समिति गठन गर्न एमालेले माग गरेको र त्यसको सुनुवाइ नहुँदा संसद् अवरुद्ध गर्नु परेको उहाँले प्रष्ट पार्नुभयो। ‘सदन हामीले रहरका निम्ति अवरुद्ध गरिरहेका छैनौँ, यो बाध्यता हो’, उहाँले भन्नुभयो ।