अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार पाकिस्तानी मोडेलमा गयाे, कांग्रेसलाई छानीछानी दुःख दिइयो: आरजु राणा

सरकार पाकिस्तानी मोडेलमा गयाे, कांग्रेसलाई छानीछानी दुःख दिइयो: आरजु राणा


काठमाडौं-नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापहरु विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्यत भएको आरोप लगाउनु भएको छ।

संसदीय दलको बैठकमा आफ्नो धारणा राख्नदै  डा. देउवाले कांग्रेसका नेताहरुलाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्यहरु भइरहेको भन्दै आपत्ती जनाउनु भयो। उहाँले भन्नुभयो, ‘यस्ता घटना त मैले भारत पाकिस्तानमा मात्र देख्थें । एउटाले सरकारको लिड गर्छ, अर्कोको स्क्याण्डल खोजीखोजी जेल पठाउँछ। अर्को आएपछि फेरि विपक्षीलाई त्यसै गर्छ । नेपालमा पनि त्यस्तै देखिन थाल्यो । आज कांग्रेसलाई छानीछानी आरोपित गरिँदा मलाई दुःख लागेको छ।’

देउवाले आफू कांग्रेस सभापति र पूर्वप्रधानमन्त्रीको पत्नी मात्र नभएर सांसदसमेत भएको व्यक्तिको नक्कली अडियो खडा गरेर आरोपित गरिएको भन्दै सामान्य मान्छेमाथि अत्याचार भइरहेको टिप्पणी गर्नु भयो।

Skip This