अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश


काठमाडौं-जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश  दण्डपाणि शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

शैक्षिक प्रमाण पत्र किर्ते आरोपमा बिहीबार काठमाडौंको गल्फुटारबाट पक्राउ परेका उनलाई सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत शक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो।

तर सीआईबीले माग गरेअनुसार शर्मालाई थुनामा राख्नुनपर्ने निष्कर्षसहित न्यायाधीश शर्माले यस्तो आदेश दिएका हुन्।

शर्मासहित उक्त प्रकरणमा पक्राउ परेका अन्य डाक्टरहरुलाई पनि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो। 

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई दिनमा ८ जनालाई पक्राउ गरेको थियो।

Skip This