अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनिल शर्माले अहिले दुई दिनमा फेक सर्टिफिकेट बनाएको हो ? : अध्यक्ष ओली

सुनिल शर्माले अहिले दुई दिनमा फेक सर्टिफिकेट बनाएको हो ? : अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा आफूहरुले सत्यतथ्य बोल्छ भनेर सदनमा सत्ता पक्षले बोल्न नदिएको आरोप लगाउनु भएको छ।

काठमाडौंमा शुक्रबार आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माले सरकार विरुद्ध बोलेका कारण पक्राउ गरिएको बताउनु भयो।  

सुन प्रकरणमा प्रतिपक्षले सत्य बोल्छ भनेर सदनमा बोल्न नदिएको अध्यक्ष ओलीले बताउनु भयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले के शुनिल शर्माले दुई दिनमै नक्कली सर्टिफिकेट बनाएका हुन् ? भन्दै  प्रश्न गर्नुभयो।  उहाँले भन्नुभयो, ‘सुनिल शर्माले अहिले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेपछि दुई दिनमा फेक सर्टिफिकेट बनाएको हो ? दुई दिन बोल्ने वित्तिकै हतकडी ? सुनिल शर्मा भन्ने मान्छे भागिहाल्छ र ? अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन् । अब त एउटा निवेदन कुखुरा चोरेको भनेर निवेदन हाल्दिन्छ, हतकडी लगाएर लान्छ सांसदलाई । दुई महिना, ६ महिनापछि अब बोल्दिनँ बाबा भनेपछि होइन रहेछ भनेर छाड्दिन्छ।’ उहाँले सरकारले एक हातमा हत्कडी र एक हातमा पत्र थमाउँदै आवाज थुन्न खोजेको बताउनुभयो। 

सरकार सुन प्रकरणको विरोध गर्ने सबैको मुख बन्द गर्ने अभियानमा लागेको उहाँले बताउनुभयो । सुन पास गर्नेहरूले नै छानबिन गरेर हुँदैन भनेर आफूहरूले उच्चस्तरीय छानबिनको माग गरिरहेको उहाँले बताउनुभयो ।  

‘सुनिल शर्माको जाली सर्टिफिकेट भएको भए पहिला किन लुकाएको ? किन चुनावमा उम्मेदवार बनाएको ? ’ओलीले भन्नुभयो, होइन भने दुई दिन सरकारको विरोध गर्ने वित्तिकै किन समात्या ? यस्तो कपटपूर्ण खेल किन ?’

उहाँले अहिले सबै पोल खुल्ने डरले संसदमा सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि सबै उठेर अवरोध गर्न थालेको बताउनुभयो । महाभारतमा हसोस्थामा हत हत भन्ने सत्यलाई जसरी पुरा भन्न दिइएको थिएन त्यसैगरी सत्ता पक्षले अहिले सत्ता उजागर होला भनेर संसद्मै होहल्ला गरिरहेको ओलीले बताउनुभयो ।