अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलाली एमालेमा नयाँ पुस्ताको आकर्षण बढाउने गरी काम गर्छौं : नारदमुनी राना थारु

कैलाली एमालेमा नयाँ पुस्ताको आकर्षण बढाउने गरी काम गर्छौं : नारदमुनी राना थारु


कैलाली – नेकपा एमालेले प्रत्येक जिल्लामा इन्चार्ज तोकेर भूगोलमा खटाएको छ । भूगोलमा गएका जिल्ला इन्चार्जहरूले आफ्नो काम अगाडि बढाएका छन् । जिल्लामा सदस्यता नविकरणदेखि अन्य काममा इन्चार्जहरू व्यस्त छन् । यसैबीच जिल्लाका गतिविधिबारे पोलिटव्यूरो सदस्य एवं कञ्चनपुर जिल्ला इन्चार्ज नारदमुनी रानासँग गरेको कुराकानी ।
कञ्चनपुरमा पार्टीको गतिविधि कसरी अगाडि बढाइरहनुभएको छ ?
कञ्चनपुरमा नेकपा एमालेको पाँचौँ बैठकले दिशानिर्देश गरेअनुसार हामी वार्षीक कार्यक्रम बनाएर अगाडि बढिरहेका छौँ । वार्षिक क्यालेन्डर अनुसार असार ९ गते बैठक गरौँ । १० गतेबाट पार्टीको काममा निरन्तर रूपमा लागेका छौँ । साउन महिनाभित्रमा पालिकाको बैठक सक्ने भेला सक्ने, परीक्षण सक्ने छौँ ।
असार १५ मा धान रोपाइँ, त्यसपछि मदन भण्डारी, पुष्पलाल जयन्ती हुँदै हिजो कञ्चनपुरमा प्रत्येक वडामा झण्डै नौ देखि १० हजार बिरुवा रुपेका छौँ । अब पालिकाको बैठक सकिन्छ । त्यसपछि वडास्तरमा परीक्षणको कामलाई ५२ वडामै परीक्षण गर्छौ ।
त्यसपछि जनसरोकारका विषय हरेक पालिका सरकार, प्रदेश र संघीय सरकारलाई सम्बोधन हुने गरी ध्यानाकर्षण गरौछौँ । नयाँ साथीहरूलाई पार्टी प्रवेश गराउने, सदस्यता नवीकरण र विवरणको काम पनि गरिहरेका छौँ । पार्टीको वार्षिक क्यालेन्डर अनुसार रचनात्मक काम गर्ने गरेका छौँ ।

कञ्चनपुरमा सदस्यता नवीकरणको अवस्था के छ ?
सदस्यता नविकरण कञ्चनपुरमा मात्र होइन देशैभरी घटेको जस्तो देखिएको छ । हाम्रो पार्टीम वार्षिक सदस्यता अपडेट गरेको पहिलो पटक हो । नत्र हामी महाधिवेशनमा सदस्ययता नविकरण गर्ने गरेका थियौं । त्यसैले अहिले नविकरण गर्न छुटेका कमरेडहरुले क्रमश गर्दैजानु हुनेछ ।
सदस्यता नवीकरण यसरी किन घटेको पाउनुभयो ?
सदस्यता नवीकरण घट्नुको दुई तीन कारण छन् । पहिलो कारण भनेको पहिला अरुले पैसा हालिदिने नवीकरण गरिदिने गरेका थिए । यो पटक पार्टीले भौतिक उपस्थितिमा, आफैंं उपस्थित भएर मेरो सदस्यता नवीकरण गरिपाऊ भनेर आवेदन दिएर नवीकरण गराउने व्यवस्था ग¥यो । त्यसपछि हामीले योपटक दाइ भाइको पैसा पनि अरूले हाल्न नमिल्ने गरी स्वयं पार्टी सदस्यताको पैसा सदस्यले भौतिक उपस्थितिमा गर्ने भनेर मिसन ग्रासरुट अभियानदेखि नै चलायौँ । त्यस्तो गर्दा केही साथी विदेशमा, केही साथीहरूको घरको ठेगाना पनि पत्ता लागेन, केही साथीहरु विविध कारणले उपस्थित हुन नसकेपछि त्यो भएन ।

भौतिक उपस्थितिमा सदस्यता नवीकरण नगराउनेको अब के हुन्छ ?
उहाँहरुले अहिले पनि भौतिक रूपमा उपस्थित भएर सदस्यता नवीकरण गराउन चाहनुहुन्छ भने नवीकरण चाहिँ हुन्छ । तर हामी यसपटक प्रत्यक्ष रूपले पार्टी सदस्यको काम कर्तव्य र अधिकार दायित्व जिम्मेवारी बोध नगराईकन पार्टी सदस्यताले दिएको कारणले पार्टीमा लाग्ने, भोट अन्त्यै हाल्ने अथवा जिम्मेवारी पूर्वक काम नगर्ने कमिटीमा बस्ने तर कमिटीका निर्देशन नमान्ने जस्ता गतिविधि देखिएका कारणले पार्टीले पार्टीका सदस्य, पार्टीका नेताहरुलाई तत् कमिटी तत् क्षेत्रका पार्टी सदस्यहरुलाई बोध हुने तरिकाले काम गराई रहेका छौ । यसपछि नवीकरणको संख्या बढ्छ भन्ने विश्वास छ ।

कञ्चनपुरमा अब पार्टी कमिटीलाई कसरी अगाडि बढाउनुहुन्छ ?
कञ्चनपुरको पहिलो बैठक बस्यो । असारको ९ गते बैठक बसेको हो । बैठकले वार्षिक क्यालेन्डर बनाएको छ । अब हामी कञ्चनपुरको मात्र होइन सिंगो देशव्यापी रूपमा पार्टीलाई अगाडि बढाउन काम गरिरहेका छौँ ।

कञ्चनपुरको जिल्ला अधिवेशन कहिलेसम्म हुन्छ ?
पाँचौँ केन्द्रीय कमिटीको बैठकले भदौभित्र प्रदेश अधिवेशन गर्ने भनेको छ । हामी यो भदौमा प्रदेश अधिवेशन सकिए लगत्तै असोज कात्तिकबाट जिल्लाको अधिवेशनमा लाग्छौ । त्यसपछि हामी पालिका अधिवेशन गर्छौ । वडा अधिवेशन हुँदै टोल अधिवेशन गछौँ । अहिले माथिबाट अधिवेशन गर्ने भनेर हामीलाई निर्देशन आएको छ ।
पालिका, वडाको भेला, प्रशिक्षण कहिलेसम्म सकिन्छ ?
हामीले जिल्ला कमिटीको पहिलो बैठकको निर्णय अनुसार नै अहिले काम गरिरहेका छौँ । सोही अनुसार पालिकाका बैठक पनि गरिरहेका छौँ । अब पालिका बैठकको अन्त्यतिर पुगेका छौँ । जिल्ला कमिटीको पहिलो बैठकले गरेका निर्णयलाई तलसम्म कार्यान्वयनको लागि लगेका छौँ । यसैअनुसार हामीले पालिकाको बैठक भेला र परीक्षण गर्दै जानेछौँ । सुरुमा पालिका स्तरमा भेला प्रशिक्षण सकेर त्यसपछि वडा तहमा जानेछौँ ।