अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन काण्डमा बोल्दा सुनिल शर्मामाथि सरकारले प्रतिशोध साँध्यो: शेखर कोइराला

सुन काण्डमा बोल्दा सुनिल शर्मामाथि सरकारले प्रतिशोध साँध्यो: शेखर कोइराला


काठमाडौँ-नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले सुन काण्डको विषयमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाउनु भएको छ । उहाँले राजनीतिमा प्रतिशोध राख्ने प्रवृत्ति भित्रिए त्यसले व्यक्ति, पार्टी र देशलाई समेत क्षति पुर्‍याउने बताउनु भयो। 

शनिबार भक्तपुर क्षेत्र नम्बर २ ले गरेको क्षेत्रीय सभामा नेता कोइरालाले शर्माले कुनै गलत गरेको भए त्यसको छानबिन र कारबाही हुनुपर्ने तर खुलेआम प्रतिशोध राखेर कुनै कारबाही गर्न नमिल्ने बताउनु भयो ।

नेता कोइरालाले सुन काण्ड बाहिरिएपछि बाँकी सबै काण्डहरू ओझेलमा पार्ने प्रयास भइरहेको भन्दै आशंका व्यक्त गर्नुभयो। ‘सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो । उहाँका गल्ती कमजोरीहरू होलान्, त्यसको छानबिन र कारबाही हुनुपर्छ। तर प्रतिशोधको भावनाले अघि बढ्ने हो भने हामीले देशलाई कहाँ पुर्‍याउन खोजिएको हो ? यो अहिले गम्भीर विषय हो जस्तो लागिरहेको छ,’ उहाँले भन्नुभयो, ‘राजनीतिमा जब प्रतिशोधको भावना सुरू हुन्छ तब राजनीति राजनीति नै रहन्नँ, त्यसले व्यक्तिलाई क्षति गर्छ, दलहरूलाई बिगार्छ र देशलाई पनि क्षति पुर्‍याउँछ ।’