अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण

वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण


काठमाडौँवरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको भैरव दाईलोकार्पण गरिएको छ। रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सो पुस्तक लोकार्पण गरिएको हो।  पुस्तकमा रिसालको रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमणलगायत अनुभूति समेटिएका छन्। पुस्तक लोकार्पण गर्दै मानवअधिकारकर्मी गौरीशङ्करलाल दासले पुस्तकले भैरव भाईको जीवनलाई उजागर गरेको जनाउँदै उहाँले जीवनमा प्राप्त गरेको उपलब्धि पुस्तकमा समेटिएको बताउनुभयो। अधिकारकर्मी दासले भैरव रिसालसँगको अनुभूति स्मरण गर्दै भन्नुभयो, “म र भैरव भाई सँगसँगै काम गरेका थियौँ हाम्रो पुरानो सम्बन्ध छ। पुस्तकमार्फत उहाँले जीवनको भोगाइ समेट्नुभएको छ।वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ व्यक्तित्वबाट पुस्तक लोकार्पण गराउनुभएको थियो। मानिस कोजिन्दगी कर्कलाको पातको पानी जस्तो भएको उल्लेख गर्दै उहाँले जीवित रहुञ्जेल राम्रो काम गर्नुपर्ने बताउनुभयो। आफूले पुस्तकमार्फत जिन्दगीको अनुभव साटेको उहाँको भनाइ थियो।

  दलित अधिकारकर्मी राम वादीले रिसाललाई दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा संस्कृतिविद् डा गोविन्द नेपालीले रिजाललाई दीर्घायुको कामना गर्दै भोजपत्रको माला लगाइदिनुभएको थियो। भक्तपुर दधिकोटका सधियारे बालचन्द्र मिश्रले असारे भाकामा वरिष्ठ पत्रकार रिसाललाई शुभकामना दिनुभएको थियो।

समारोहमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, राष्ट्रियसभा सदस्य वामदेव गौतम, नेकपा ९एमाले०का नेता प्रदीप ज्ञवाली, एमाले सांसद रघुजी पन्त र सूर्य थापा, नेकपा ९माले०का महासचिव सिपी मैनाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ठ व्यक्तित्वले रिसालको सुस्वास्थ्य, दीर्घायु र सक्रिय जीवनको शुभकामना दिनुभएको थियो।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसाललाई देशविदेशबाट प्राप्त शुभकामना सन्देशसम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो।

Skip This