अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सौर्य एयरलाइन्सद्वारा नेपाली उडानमा नयाँ कृतिमान राख्ने दाबी,एकै पटक तीनवटा एटिआर जहाज भित्र्याउदै

सौर्य एयरलाइन्सद्वारा नेपाली उडानमा नयाँ कृतिमान राख्ने दाबी,एकै पटक तीनवटा एटिआर जहाज भित्र्याउदै


काठमाडौं-नेपाली उडान जगतमा नयाँ भए पनि यात्रुहरुलाई अलग्गै छाप छोड्न सफल सौर्य एयरलाइन्सले अब नयाँ जहाजहरु ल्याउने भएको छ । एकै पटक तीनवटा एटिआर जहाज भित्र्याएर मुलुकका विभिन्न भूभागका यात्रुहरुलाई आउजाउमा सहज बनाउन सौर्यको व्यवस्थापन लागि परेको छ ।

आगामी ६ महिनाभित्र ७२ सिट क्षमतायुक्त तीन एटिआर जहाज ल्याउने गरी आवश्यक तयारी पूरा भएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिनुभयो।

‘जेट जहाजमार्फत उडान गर्दा खर्च धेरै भयो, त्यही भएर केही समय अघिदेखि एटिआर जहाज खरिद गर्ने तयारी गरेका थियौं,’ अध्यक्ष पोखरेलले भन्नुभयो, ‘लगानीकर्तामध्ये एक भारतको कुवेर ग्रुपसँग ६ महिनाभित्र एटिआर जहाज ल्याउने गरी सम्झौता गरेर फर्किएका छौं।’

अध्यक्ष पोखरेलले जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि साझेदार कुवेर ग्रुपलाई एटिआर नल्याए बन्द गराउने प्रस्ताव राखेको बताउनुभयो । पोखरेलको प्रस्तावपछि कुवेर ग्रुप एटिआर जहाज खरिदका लागि तयार भएको हो।

एटिआर जहाज ल्याउने भएपछि हाल भएका कर्मचारीलाई सुविधा दिएर आधा कटौतीसमेत गरिसकेका छन्। नयाँ जहाज खरिद गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवश्यक सहमतिका लागि पत्र पठाउने तयारीमा लागेको पोखरेलले बताउनु भयो।

जहाज खरिद गर्ने निर्णय भए पनि जहाज टिकटमा नेपालले चालू आर्थिक वर्षदेखि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएकाले सुरुवाती भाडा भने केही महँगो पर्नेप्रति पनि भारतीय लगानीकर्ताले चासो देखाएको उहाँको भनाइ छ। 

जेट जहाजबाट उडान गर्दै आएको सौर्यले एटिआर जहाज ल्याउने भएपछि त्यसका लागि नयाँ जनशक्ति आवश्यक पर्छ। एटिआर उडान गर्ने , मर्मत गर्ने पाइलटदेखि इन्जिनियरसहित नयाँ चाहिने भएकाले हालको जनशक्ति कटौती गरेर नयाँ थप्ने प्रक्रिया सौर्यले सुरु गरिसकेको छ। ‘हामीले नयाँ जहाज ल्याउने भएकाले कर्मचारीलाई विशेष सुविधा दिएर बिदाइ गर्न लागेका हौं,‘ अध्यक्ष पोखरेलले भन्नुभयो ।

सौर्यले हाल काठमाडौंबाट विराटनगर, भद्रपुर उडान गर्दै आएको छ।   

Skip This