अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी जिल्लाका नदीमा बाढीको जोखिम

आज यी जिल्लाका नदीमा बाढीको जोखिम


काठमाडौँ-आज कोशी र मधेस प्रदेशमा भारी वर्षा र अन्य केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जसले गर्दा आज पनि विभिन्न जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम रहेको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, कास्की, लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कञ्चनपुर र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्नसक्ने छ ।   

यस्तै आज कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा तल रहेको छ । 

आगामी तीन दिन कोसी, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।