काठमाडौं-एयर इन्डियाको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ। पाङ्ग्रा जाम भएपछि धावनमार्ग झण्डै एक घण्टा बन्द हुन पुगेको छ।
उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको त्रिभुवनविमानस्थल कार्यालयले जनाएको छ।
केही अघि मात्रै जहाजलाई तानेर पार्किङ क्षेत्रमा लगिएको र धावनमार्ग खुलाइएको जनाइएको छ।






प्रतिक्रिया