चितवन-भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेका छन्।
महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक-आपसमा ठोक्किएको हो ।
ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ। व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ। दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।











प्रतिक्रिया