काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितल निवास पुग्न भएको छ।
राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल नेतासमेत रहेका ओलीबीच बुधबार दिउँसो भेटवार्ता भएको हो।
राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको एक स्रोतले जनाएको छ।
राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधको विषयमा चासो राख्दै आउनु भएको छ।
यसअघि शितल निवासमै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग कुराकानी गरिसक्नु भएको छ ।




प्रतिक्रिया