अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवालाई विदेश जानबाट रोक्नु सरकारको प्रमुख प्राथमिकता बन्नुुपर्छः युवराज खतिवडा

युवालाई विदेश जानबाट रोक्नु सरकारको प्रमुख प्राथमिकता बन्नुुपर्छः युवराज खतिवडा


काठमाडौं-पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई भविष्यप्रति आशावादी बनाउँदै ९ लाख युवालाई विदेशी जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताउनुभएको छ। 

बुधवार काठमाडौंमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो। उहाँले उद्यमशिलतालाई प्रोत्साहन गरी युवाहरुलाई उद्यमसिलतामा कसरी जोड्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आएको बताउनु भयो। उहाँले  युवाहरुलाई भविष्यप्रति आशा जगाएर उद्यमशिलतामा लगाउन आवश्यक रहेको बताउनु भयो। 

पूर्व अर्थमन्त्री खतिवडाले उद्यमशीलता अरूले सिकाएर नआउने भन्दै युवाहरू भित्रबाट आउनुपर्ने बताउनु भयो। उहाँले उद्यमशीलता व्यक्तिको अन्तर्निहित गुण भएकाले आयात गरेर वा सिकेर नहुने बताउनु भयो। जोखिम लिएर व्यवसाय गर्ने र अरूलाई उदाहरण दिन सक्ने गरी नेतृत्व गर्न सक्ने क्षमता आफूभित्रबाट विकास गर्नु उद्यमशीलता भएको उहाँको भनाई छ। उहाँले परम्परागत रूपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशीलताको विकास हुन थालेको बताउनु भयो। उहाँले अहिले विकास भएका उद्यमशीलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको बताउनु भयो। उहाँले अब युवाहरूले आफ्नो क्षमताले सम्भावनाको आधारबाट उद्यमशीलता विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसाय गर्दा सानोबाट नै ठूलो हुने भन्दै युवाले गरेको इनोभेसन अरू भन्दा फरक बन्न सक्नुपर्ने बताउनु भयो। 

उहाँले भन्नुभयो,‘ उद्यमशीलता कहाँबाट आउँछ । त्यसलाई प्रोत्साहन कसले गर्छ । उद्यमशीलताका आधारभूत तथ्यहरू के हुन । युवाहरूलाई हामीले उद्यमशीलतामा कसरी जोड्न सक्छौं । भविष्यको आशा कसरी जगाउन सक्छौं । करिव ९ लाख युवामा कसरी आशा जगाउन सकिन्छ र कसरी उनीहरूलाई रोक्न सकिन्छौं आजको विषय त्यो हो । उद्यमशीलता आफूभित्रबाट आउँछ । सबैमा आउँदैन । उद्यमशीलता भनेको व्यक्तिमा अन्तर्निहित गुण हो । यो आयात गरेर वा सिकेर पनि हुँदैन । त्यो जोखिम लिएर व्यवसाय गर्ने अरूलाई उदाहरण दिन सक्ने गरी नेतृत्व गर्न सक्ने क्षमता आफूभित्रबाट विकास गर्ने हो । उद्यमशीलता युवाहरूले आफूबाट सुरु गर्नुपर्छ । अध्ययन गर्दा गुरुहरू,अग्रज र परिवारबाट के सिप सिक्यौं त्यो महत्वपूर्ण हुन्छ । हामी युवाहरूलाई परम्परागत रूपमा गर्दै आएको काम गर्ने थियो। अहिले भखरै उद्यमशीलता सिकाउँदै आएका छौं । अहिले विकास भएका उद्यमशीलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै छन् । अब हामीले हाम्रो क्षमताले हाम्रो सम्भावनाको आधारबाट उद्यमशीलता विकास गर्नु आवश्यक छ। व्यवसाय गर्दा सानो बाट नै ठूलो हुँदै जाने हो । त्यो बीचमा युवाले गरेको इनोभेसनले अरू भन्दा फरक बन्न सक्नुहुन्छ।’

त्यस्तै,राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०७५ सालदेखि युवा उद्यमीहरुलाई बैंकहरुले सहुलियतपूर्ण कर्जाको माध्यमबाट अगाडि बढाउन कोसिश गरिरहेका बताउनु भयो। उहाँले युवालाई बैंकले उच्च प्रथमिकतामा राखेर युवा उद्यमी कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो। उहाँले बैंकले विगतमा युवालक्षित ७ वटा कर्जा योजना ल्याएकोमा अहिले १० वटा बनाएको उल्लेख गर्नुभयो। 

उहाँले अध्ययन सकेर नयाँ उद्यमशिलता गर्छु भन्नेहरुलाई बिना धितो लगानी पाउन चुनौति रहेको बताउनु भयो । उहाँले विनाधितोको चुनौतिलाई आधार मानेर १० प्रकारकार कर्जा योजना ल्याएको विशेष गरी उत्पादन र रोजगारलाई जोड्ने श्रम बजारलाई उपयोग गर्ने रहेको बताउनु भयो । 

Skip This