काठमाडौँ-अवैध सुन तस्करी काण्डले नयाँ मोड लिएको छ । त्रिभुवन विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुनले नयाँ मोड लिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन प्रकरणको छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ । उक्त सुन प्रकरणका मुख्य योजनाकार दावा छिरिङ रहेको र उसको सम्बन्ध नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले सुन प्रकरणले नयाँ मोड लिएका हो ।
सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी नेतातर्फ केन्द्रित गरेको बताइएको छ ।
दावाले छानबिनमा सहयोग नगरेपछि सीआईबीले कलडिटेल सीडीआर मगाएर अनुसन्धान सुरु गरेको जनाइएको छ । सीआईबी स्रोतका अनुसार बरामद भएको ६० किलो सुन र त्यसअघि इलेक्ट्रिक सिगरेट (भेप)बाट बरामद भएको ९ किलो सुनमा माओवादीका नेताहरूको कनेक्सन देखिएको हो ।
तर सत्तापक्षको दबाब र प्रभावमा काम भएकाले अनुसन्धानमा कठिनाइ आइरहेको सीआईबी स्रोतले जनाएको छ । स्रोतका अनुसार सुन तस्करीमा माओवादी केन्द्रका नेताहरू जोडिँदै आएको फेला परेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणको छानबिन सीआईबीले मात्रै नसक्ने भएकाले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । तर, सत्तारुढ दलले छानबिन तथा न्यायिक समिति बनाउन अनिच्छा व्यक्त गर्दै आइरहेका छन् ।




प्रतिक्रिया