अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी जिल्लाका नदीमा बाढीको जोखिम

आज यी जिल्लाका नदीमा बाढीको जोखिम


काठमाडौँ–आज केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जसले गर्दा देशका केही भू–भामा आज बाढीको सम्भावना रहेको हो ।  

आज ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट भएर बहने नदी तथा खोलामा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

मकवानपुर, सिन्धुली, चितवन, कास्की, लमजुङ, पर्वत, पाल्पा, डोटी, बझाङ र आसपास भएर बहने स–साना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको छ । 

यी जिल्लाका नदी तथा खोलाको तटीय क्षेत्रमा रहनेले सामान्य सतर्कता अपनाउनु पर्ने महाशाखाले आग्रह गरेको छ । 

आगामी तीन दिन कोसी, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको छ । 

त्यसैले आउँदो तीन दिन देशका प्रमुख नदीहरूमा बाढीको जोखिम न्यून रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।