काठमाडौं-नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोबिना विमानस्थलबाट सय किलो सुन बाहिरिन नसक्ने बताउनु भएको छ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको मिलेमतो बिना बाहिरिन नसक्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्वीन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ?’






प्रतिक्रिया