अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वयद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वयद्वारा ओहोदाको प्रमाणपत्र पेश


काठमाडौं-राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त दुई राजदूतले राष्‍ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। 

नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका नवनियुक्त गैरआवासीय राजदूत गुएन थान हाईले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको  थियाे।

समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो। नवनियुक्त राजदूतद्वयलाई काठमाडौंस्थित होटल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो । 

Skip This