काठमाडाैँ-नबिल बैंकले आफ्नो बैंकिङ सेवाहरू प्रदान गर्ने कार्यहरू स्वचालित प्रणालीमा लैजानका लागि क्विक फक्स कन्सल्टिङसँग सम्झौता गरेको छ।
नबिल बैंकले आफू निरन्तर रूपमा सबल हुन, प्रतिस्पर्धी रहन र ग्राहकहरूलाई विशिष्ट सेवा प्रदान गर्ने उद्देश्यले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा सुरू गरेको हो ।
बैंकले प्रदान गर्ने सेवाहरूमा रहेका अधिकांश प्रक्रियाहरू दोहोरिने, प्रक्रियागत रूपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरू समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरू समेत ढिलो र त्रूटीपूर्ण हुन सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको बताइएकाे छ ।






प्रतिक्रिया