काठमाडौं । देशमा वर्षा कम हुँदै गएको छ । जसले गर्दा आगामी तीन दिन देशका प्रमुख नदीमा बाढीको जोखिम पनि न्यून रहेको पूर्वानुमान गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कोसी, नारायणी, महाकाली, कन्काई, कमला, बागती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईसहितका नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान गरिएको छ ।
आज गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।




प्रतिक्रिया