अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङको बेनिघाटमा बस दुर्घटना,२६ यात्रु घाइते,तीनजनाको अवस्था गम्भिर

धादिङको बेनिघाटमा बस दुर्घटना,२६ यात्रु घाइते,तीनजनाको अवस्था गम्भिर


काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ हुग्दीखोला नजिकै शनिबार बिहान बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्।

दाङको तुलसीपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ -००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिँदा २६ जना यात्रु घाइते भएका हुन्।

शनिबार बिहान करिब ५ बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका पाँच जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका-१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ।
दुर्घटनामा परेका यात्रुको प्रहरी र स्थानीयले उद्धार गरेका थिए।