अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई सुनुवाइका लागि समितिले बोलायो  

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई सुनुवाइका लागि समितिले बोलायो  


काठमाडौँ-प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ आज हुने भएको छ । 

श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले आज छलफलका लागि बोलाएको हो । 

यस्तै समितिले आजै श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग पनि छलफल गर्दै छ । 

समितिले उजुरीकर्तासँग बिहान साढे १० बजे र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तोकिएको छ । श्रेष्ठविरुद्ध  तीनवटा उजुरी परेका जनाइएको छ ।  

गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसअघि, साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको थियो ।