काठमाडौं-प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा संसदीय सुनुवाइ सुरू भएको हो।
श्रेष्ठविरूद्ध ३ वटा उजुरी परेका छन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रियामाथि उजुरीकर्ताहरूले प्रश्न उठाएका छन् । सोमबार संसदीय सुनुवाइ विशेष समितिले सुरुमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गरेको हो ।
बैठकमा उजुरीकर्ता एसके तिमिल्सिनाले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय गैरकानुनी भएको बताउनु भयो । उहाँले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रियामाथि नै प्रश्न उठाउनु भयो।




प्रतिक्रिया