अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज 

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज 


काठमाडौँ -नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पद तथा गोपनीयताको शपथ आज हुँदैछ ।  

हिजो प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो । 

आज दिउँसो १ः४५ बजे श्रेष्ठको शपथ कार्यक्रम रहेको राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवालयले जनाएको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम प्रधानन्यायाधीशमा हिजो नियुक्त गर्नुभएको थियो ।