अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि छानबिन समिति बन्नुपर्छ: खिमलाल देवकोटा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि छानबिन समिति बन्नुपर्छ: खिमलाल देवकोटा


काठमाडौं-राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गर्नु भएको छ।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति बनाउन उपयुक्त हुने तर्क गर्नु भएको हो ।

सुन तस्करी भन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरु किन चुपचाप ? रहेको भनी उहाँले प्रश्न गर्नु भयो ।

‘सत्तापक्ष र विपक्ष दलकाबीच सुन तस्करी सम्बन्धि उच्चस्तरीय छानबिन समिति बनाउने भन्ने जुन सहमति भएको छ। एयरपोर्टजस्तो संवेदनशील स्थानबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी हुुनु राष्ट्रिय, अन्तर्राष्ट्रिय लज्जाको विषय थियो, छ,’ उहाँले भन्नुभयो,  तर यो भन्दा पनि लज्जाको विषय नक्कली भूटानी शरणार्थी सम्बन्धि विषय हो। तर यसमा दलहरु किन बोल्दैनन्, किन चुपचाप छन् ? यसको पनि छानबिन समिति बनाइयोस्।’

संसद जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति नै बनाउनुपर्ने सांसद देवकोटाको भनाइ थियो।