अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तकोसी नदीमा पानीको बहाव उच्च, कोसी ब्यारेजका सबै ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाव उच्च, कोसी ब्यारेजका सबै ढोका खोलियो


इटहरी- सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् ।

पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाव बढेको हो। सप्तकोसी पानीको बहाव बढेपछि अहिले खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ।

सप्तकोसीमा नदीमा शुक्रवार राति १० बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड ३ लाख ९८ हजार ३ सय ४५ क्युसेक पुगेको कोसी ब्यारेज कन्ट्रोल रुम प्रशासनले जनाएको छ ।शुक्रवार राती १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिवार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ ।

सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार कटेपछि खतरा मानिन्छ। सप्तकोसीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनको अनुरोधमा भारतले कोसी ब्यारेजका सबै ढोका खोलेको हो । सप्तकोसीमा पानीको बहाव बढेपछि आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

कोसी ब्यारेजका सबै ढोका खोलेका कारण कोसी प्रभावित क्षेत्रमा कुनै खतरा नभएको र पूर्व(पश्चिम राजमार्गमा चल्ने सवारी साधनलाई समेत सावधानीपूर्वक सञ्चालन गरिएको बताइएको छ ।

Skip This